प्रहरीले नेपाल कमर्स क्याम्पसका प्राध्यापक धर्मराज विष्टको हत्याका मुख्य योजनाकारलाई १६ वर्षपछि पक्राउ गरेको छ।
काठमाडौँ– मीनभवनस्थित नेपाल कमर्स क्याम्पसका प्राध्यापक धर्मराज विष्टको हत्याका मुख्य योजनाकार १६ वर्षपछि पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनको टोलीले विष्टको हत्याका मुख्य योजनाकार एक जना महिलालाई पक्राउ गरी मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा धादिङ साबिक बुढाथुम गाबिस–३ हाल गंगा जमुना नगरपालिका–७ घर भई हाल ललितपुर महानगरपालिका–२६ ढोलाहिटी बस्ने ४१ वर्षीया सबिता थापा (अधिकारी) भन्ने सबिता थापा रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।
ललितपुरको इमाडोलका विष्टको २०६४ असार २६ गते हत्या भएको थियो। विष्टलाई सबितासहित उनका सहोदर भाइ विनोद थापासहित तीन जनाको समूहले कुटपिट गरी सख्त घाइते बनाएका थिए। बेहोस भएका विष्टको पछि उपचारको क्रममा मृत्यु भएको थियो।
डीएसपी सुरक्षा केसीको नेतृत्वको टोलीले सबितालाई सोमबार ललितपुर महानगरपालिका–२६ ढोलाहिटीबाट पक्राउ गरेको हो।डीएसपी केसीका अनुसार धर्मराज र सबिताबीच सामान्य चिनजान थियो। तर धर्मराजले सवितालाई बारम्बार जिस्काउने र तनाव दिने गरेका थिए। सो कुरा सबिताले आफ्ना भाइ विनोदलाई बताएकी थिइन्। दिदीको कुरा सुनेर विनोदले आफ्ना साथी रञ्जन खड्का र राजीव पाण्डेलाई बोलाएर विष्टलाई कुटपिट गर्ने योजना बनाएको डीएसपी केसीले बताइन्।
उनका अनुसार योजना बनाएसँगै सविताले धर्मराजलाई फोन गरी शंखमूल पुलनिर बोलाएकी थिइन्। त्यहाँ विनोद र उनका साथी तयार अवस्थामा बसिरहेका थिए। धर्मराज आएपछि उनीमाथि रड र इँटाढुंगाले प्रहार गरेर भागेका थिए।
विनोद, रञ्जन र राजीव त्यतिबेला पक्राउ परेका थिए। उनीहरू सजाय काटेर छुटिसकेका छन्। पक्राउ परेकी सबितालाई कारबाहीका लागि ललितपुर जिल्ला अदालतमा बुझाइने कार्यालयले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
