प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिले इलाम–२ को उपनिर्वाचनका लागि आकांक्षीको नाम सिफारिस गरेको छ।
काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिले इलाम–२ को उपनिर्वाचनका लागि आकांक्षीको नाम सिफारिस गरेको छ। मंगलबार इलामको चुलाचुलीमा बसेको पार्टी क्षेत्रीय कार्यसमितिको बैठकले सात जना आकांक्षीको नाम सिफारिस गरेको हो।
क्षेत्रीय सभापति डिकेन्द्र इदिंगोले विधानले दिएको अधिकार र व्यवस्थाअनुसार आकांक्षीको नाम पठाइएको बताए। उनका अनुसार क्षेत्रीय समितिको बैठकबाट सिफारिस भएको नामावलीको पहिलो नम्बरमा महासमिति सदस्य एवं महाधिवेशन प्रतिनिधि भेषराज आचार्यको नाम छ। दोस्रो नम्बरमा पूर्वसांसद केशव थापाको नाम सिफारिस गरिएको छ।
त्यस्तै, क्रमशः जिल्ला सभापति डम्बर खड्का, संविधानसभा सदस्य नगेन्द्र कुमाल र नेता रमेश लिङ्देनको नाम सिफारिस गरिएको उनले जानकारी दिए। बैठकले आकांक्षीद्वय चन्द्रमाया लिम्बू र चन्द्रकला राईको नाम पनि सिफारिस गरेर पठाएको उनले बताए।
सिफारिस भएका नामहरूमा जिल्ला र प्रदेश कार्यसमितिले राय लेखेर पठाउने र केन्द्रले उम्मेदवार छान्ने उनको भनाइ छ।
इलाम–२ मा आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदै छ। एमाले उपाध्यक्ष तथा उक्त क्षेत्रका सांसद सुवासचन्द्र नेम्वाङको गत भदौमा निधन भएपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो।
सत्तारुढ नेकपा एमालले पनि ६ जना आकांक्षीको नाम सिफारिस गरेको छ। सिफारिसमा हुनेमा दिवंगत नेता नेम्वाङका छोरा सुहाङ पनि छन्।
पार्टी जिल्ला कमिटीले नेम्वाङसहित नरेन्द्र भट्टराई, देवी क्षेत्री दुलाल, रवीन्द्र सुवेदी, बुद्धि खनाल र रिपल राईको नाम सिफारिस गरेको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
