देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी र मधेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुट वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
काठमाडौँ– नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
जसका कारण हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी र मधेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुट वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै, कोशीको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत भइरहेको छ।
दिउँसो, कोशी, मधेश, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेश र बागमतीको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षा हुनेछ। कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको समेत सम्भावना छ।
यसैगरी, राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा आंशिक बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकीका पहाडी भूभागमा वर्षा हुने महाशाखाले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
