मेरिङदेन गाउँपालिका–२ स्थित रानी सामुदायिक वनमा लागेको आगो बस्तीमा पस्दा हर्कबहादुर पालुङवा र सुवास नाल्बुको घर जलेको छ।
ताप्लेजुङ– ताप्लेजुङमा मंगलबार साँझ आगालागी हुँदा दुईवटा घर जलेका छन्।
मेरिङदेन गाउँपालिका–२ स्थित रानी सामुदायिक वनमा लागेको आगो बस्तीमा पस्दा हर्कबहादुर पालुङवा र सुवास नाल्बुको घर जलेको हो। आगलागी हुँदा १५ लाख बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।
दुवै घरमा रहेको नगद, खाद्यान्न, लत्ताकपडालगायत नष्ट भएका छन्। घरनजिकै रहेका दुईवटा गोठ पनि जलेका छन्। जिल्लाका अन्य सामुदायिक वनमा पनि केही दिनदेखि डढेलो लागिरहेको प्रहरीले जनाएको छ।
डढेलो गाउँ पस्दा हप्ता दिनयता दर्जनभन्दा बढी घर जलेको प्रहरी प्रवक्ता कमल लुंगेलीले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
