नेपालले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयरल्यान्ड वोल्भ्ससँग खेल्नेछ। त्यसपछि यही टोली एसएमएस फ्रेन्डसिप कप खेल्न भारत जानेछ।
काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान)ले घरेलु मैदानमा आयरल्यान्ड वोल्भससँग दुई टी२० र भारतमा खेल्ने त्रिकोणात्मक टी२० सिरिज खेल्ने टोली घोषणा गरेको छ।
क्यानले बुधबार रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो।
हङहङ भ्रमणमा राम्रो प्रदर्शन गरेका तीव्र गतिका बलर आकाश चन्द टिममा परेका छन् भने उक्त टोलीमा नरहेका विकेटकिपर अनिलकुमार शाहलाई पनि समेटिएको छ।
टोलीमा कप्ता रोहितसँगै आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, अनिल साह, गुल्शनकुमार झा, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी र सोमपाल कामी छन्।
यस्तै, करण केसी, प्रतिश जीसी, अविनाश बोहरा, आकाश चन्द, सन्दीप जोरा र विवेक यादव छन्। नेपालले टी२० विश्वकपको तयारीस्वरुप शृंखला खेल्न लागेको हो।
नेपालले सोमबार र मंगलबार आयरल्यान्ड वोल्भससँग खेल्नेछ। त्यसपछि एसएमएस फ्रेन्डसिप कप खेल्न भारत जानेछ। भारतमा नेपालले, गुजरात र बरोडासँग खेल्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
