कास्की–३ बाट एमालेका दामोदर पौडेल विजयी

कास्की–३ मा माओवादीका रामजीप्रसाद बराललाई पराजित गर्दै एमालेका दामाेदर पाैडेल विजयी भएका छन्।

पोखरा– कास्की क्षेत्र नम्बर ३ बाट एमालेका दामोदर पौडेल निर्वाचित भएका छन्।

पौडेलले माओवादीका रामजीप्रसाद बराललाई पाँच हजार ४४५ मतान्तरले पराजित गरे। पौडेलले २२ हजार ९८० मत ल्याउँदा बरालले १७ हजार ५३५ मात्र मत पाए।

राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले १२ हजार १८० मत पाए।