उनले मधेशमा रहेका विद्यमान बेथितिहरूप्रति आयोगको ध्यानाकर्षणले मात्रै नपुग्ने भन्दै सशक्त रूपमा आफ्नो उपस्थिति जनाउनसमेत आग्रह गरे।
काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले मधेशी आयोगले संवैधानिक व्यवस्थाअनुसार आफूलाई परिमार्जन गर्न आवश्यक रहेको बताएका छन्।
बुधबार काठमाडौँमा आयोजित मधेशी आयोगको पाँचौँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले विगतका गतिविधिहरूको समीक्षा गर्दै आयोगले संवैधानिक व्यवस्थाअनुसार आफूलाई परिमार्जन गर्न आवश्यक रहेको औँल्याए।
उनले भने,"आयोगले आफ्नो कार्यादेश र संवैधानिक व्यवस्थाअनुसार मधेशी जनअपेक्षा अनुरूप सक्रियता बढाउन जरुरी छ। यो वार्षिकोत्सवलाई विगतमा गरेका कामहरूको, गतिविधिहरूको समीक्षा गर्ने अवसरको रूपमा लिदैँ आफूलाई परिष्कृत र परिमार्जित गर्न आवश्यक छ।"
उनले मधेशमा रहेका विद्यमान बेथितिहरूप्रति आयोगको ध्यानाकर्षणले मात्रै नपुग्ने भन्दै सशक्त रूपमा आफ्नो उपस्थिति जनाउनसमेत आग्रह गरे।
"मधेशमा विद्यमान बेथितिहरूप्रति आयोगको ध्यानकर्षणले मात्रै अब पुग्दैन्। उसको क्षेत्राधिकारले निर्धारण गरेको विषयहरूमा संवैधानिक व्यवस्था अनुरूप सशक्त रूपमा आफ्नो उपस्थिति जनाउँदै अगाडि बढ्न आवश्यक छ," उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
