प्रहरी कार्यलाई सहयोग गर्न र निषेधित क्षेत्रमा विद्युतीय स्कुटरको प्रयोग जस्ता ट्राफिक उल्लंघनहरू पत्ता लगाउन यस कुकुरको डिजाइन गरिएको हो।
स्पेनमा ट्राफिक व्यवस्थापनको जिम्मेवारी एक रोबोटिक कुकुरलाई सुम्पिएको छ।
स्पेनको मालागा शहरमा ट्राफिक व्यवस्थापन गर्न मंगलबार रोबोटिक कुकुरको प्रयोग गरिएको थियो। वास्तवमा उक्त कुकुरलाई ट्राफिक व्यवस्थापनको जिम्मेवारी दिनको लागि शुरूमा परीक्षण गर्न सडकमा ल्याइएको हो। त्यसक्रमा रोबोटिक कुकुरले उसलाई जिम्मेवारी दिइएअनुसार ट्राफिक व्यवस्थापन सम्हालेको थियो।
केही समयको परीक्षणको लागि उक्त कुकुरलाई सडकमा ल्याउँदा हेर्ने मानिसहरूको भिड लागेको थियो। चार खुट्टा, मुख, आँखा, पुच्छर भएको त्यो रोबोटले हरकत पनि कुकुरकै जस्तो देखाएको दर्शकहरूले बताए। त्यतिमात्र नभएर त्यहाँ डुलाउन ल्याइएको साँच्चिकै कुकुरले पनि रोबोटिक कुकुरसँग खेल्न थाल्यो।

विगत दुई वर्षमा मलागा विश्वविद्यालयका अन्वेषकहरूले प्रहरी कार्यलाई सहयोग गर्न र निषेधित क्षेत्रमा विद्युतीय स्कुटरको प्रयोग जस्ता ट्राफिक उल्लंघनहरू पत्ता लगाउन यस कुकुरको डिजाइन गरेका थिए। हरियो र कालो, चार खुट्टा भएको रोबोट अहिलेको लागि रिमोट नियन्त्रित छ।
यस रोबोट निर्माणमा अन्य रोबोटभन्दा फरक प्रविधिको प्रयोग गरिएको अनुसन्धान टोलीको दाबी छ। रोयटर्ससँगको कुराकानीमा अनुसन्धानकर्ता अल्मुडेना डियाजले भने, "यसमा हामीले उन्नत फाइभ-जी प्रविधिको रिमोट अपरेसन प्रयोग गरिरहेका छौँ, तस्वीर विश्लेषण गर्न र खतरनाक परिस्थितिहरू पत्ता लगाउन यसले मद्दत पुग्नेछ।"
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
