सन् २०२२ फेब्रुअरीमा मस्कोले युक्रेनमाथि आक्रमण शुरू गरेपछि रुस र बेलारुसका खेलाडीहरूले ओलम्पिकका धेरै खेलमा प्रतिबन्धको सामना गर्नुपरेको छ।
रुसले बुधबार अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी) माथि रुसी खेलाडीहरूमाथि लगाएको प्रतिबन्ध र मस्कोले आयोजना गरेको ‘फ्रेन्डसिप गेम्स’को आलोचनालाई ‘नव–नाजीवाद’ समान भएको भन्दै तीव्र आक्रोश व्यक्त गरेको छ।
आईओसीले मंगलबार रुसी खेलाडीहरूलाई पेरिस ओलम्पिक, २०२४ को उद्घाटन समारोहमा भाग लिन रोक लगाएको थियो। जुलाई २६ मा फ्रान्सको राजधानी पेरिसमा आयोजना हुने ओलम्पिक खेलहरूको प्रतिद्वन्द्वीका रूपमा आफ्नै ‘फ्रेन्डसिप गेम्स’ आयोजना गर्ने योजना बनाएकामा क्रेमलिनको आलोचना पनि गरेको थियो।
रुसी विदेश मन्त्रालयलका प्रवक्ता मारिया जखारोभाले एक ब्रिफिङमा भनिन्,–“यी निर्णयले आईओसी आफ्नो घोषित सिद्धान्तहरूबाट कति टाढा गएको छ र नस्लवाद तथा नव–नाजीवादमा फसेको छ भन्ने कुरा देखाउँछ।”
आईओसीले गत वर्ष रुसलाई २०२४ का खेलहरूबाट निलम्बन गरेको थियो तर युक्रेनमाथि क्रेमलिनको आक्रमणलाई सक्रिय समर्थन नगरेमा भने रुसका खेलाडीहरूलाई तटस्थरूपमा प्रतिस्पर्धा गर्न अनुमति दिएको थियो।
उक्त तटस्थ स्थितिले रुसी खेलाडीहरूलाई ‘आफ्नो मातृभूमि, आफ्नो नागरिकता, आफ्नो इतिहास, संस्कृति र मानिसहरूको कुनै पनि सम्बन्ध त्याग्न बाध्य बनाउने’ तर्क प्रवक्ता जखारोभाले दिएकी छन्। “आईओसीको निर्णय गलत, अन्यायपूर्ण र अस्वीकार्य छ,” उनले भनिन्, “हामी रुसी खेलाडीहरूमाथि अन्तर्राष्ट्रिय ओलम्पिक समितिले लगाएको अभूतपूर्व भेदभावपूर्ण सर्तहरूबाट आक्रोशित छौँ।”
रुसको क्रोध आईओसीले कडा शब्दमा विज्ञप्ति जारी गरेको एक दिनपछि आएको हो। आईओसीले क्रेमलिनमाथि आफ्नो 'फ्रेन्डसिप गेम्स' आयोजना गर्ने योजना बनाएर ‘खेलमा राजनीति’ गरेको आरोप लगाएको थियो।
आईओसीले खेल जगत् र मस्कोले आमन्त्रण गरेका सरकारहरूसँग उक्त आयोजनामा ‘कुनै पनि सहभागिता र समर्थनलाई अस्वीकार गर्न’ आह्वान गरेको छ।
क्रेमलिनले बुधबार आईओसीको यस्ता प्रतिबन्धविरुद्ध चेतावनी दिएको छ। “यो खेलाडीहरूलाई डर देखाउने काम हो, यसले आईओसीको विश्वसनीयतालाई पूरै कमजोर बनाउँछ,” क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले भने।
लामो समयदेखिको डोपिङ घोटालालाई लिएर मस्को र ओलम्पिक निकायबीचको तनाव वर्षौंदेखि चलिरहेको थियो। डोपिङ घोटालालाई लिएर रुसी खेलाडीहरूलाई सन् २०२० को टोक्यो खेलहरूमा आफ्नो मुलुकको झन्डामुनि प्रतिस्पर्धा गर्न रोक लगाइएको थियो।
सन् २०२२ फेब्रुअरीमा मस्कोले युक्रेनमाथि आक्रमण शुरू गरेपछि रुस र बेलारुसका खेलाडीहरूले धेरै खेलमा प्रतिबन्धको सामना गर्नुपरेको छ। गत वर्ष धेरै ओलम्पिक खेलहरूले प्रतिबन्धलाई खुकुलो बनाएका छन्। यसअन्तर्गत दुवै मुलुकका खेलाडीहरूलाई केही शर्तअन्तर्गत प्रतिस्पर्धामा फर्किन अनुमति प्राप्त भएको छ।
रुस र बेलारुसका खेलाडीहरूले ‘व्यक्तिगत तटस्थ खेलाडी’ का रूपमा पेरिसमा प्रतिस्पर्धा गर्नेछन् तर दुवै मुलुकका प्रतिस्पर्धीहरूलाई एथलेटिक्समा प्रतिबन्ध लगाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
