प्रतिद्वन्द्वीहरू एनिस र गञ्जरले भने निर्वाचनका क्रममा अनियमितता र धाँधली भएको भएको दाबी गर्दै संवैधानिक अदालतमा उजुरी गर्ने बताएका छन्।
इन्डोनेसियाको राष्ट्रपतिमा प्रबोवो सुबियान्तो निर्वाचित भएका छन्।
निर्वाचन आयोगका अनुसार प्रबोवो र उनका उपराष्ट्रपतिका उम्मेदवार जिब्रान राकाबुमिङ राकालाई नौ करोड ६० लाखभन्दा बढी मत प्राप्त भएको छ। उक्त मत कूल गणनाको ५८.६ प्रतिशत तथा बहुमत हासिल गर्नका लागि पर्याप्त हो।
राष्ट्रपतिका अर्का उम्मेदवारहरू एनिस बास्वेदनले चार करोड १० लाख र गञ्जर प्रणोवोले दुई करोड ७० लाख मत प्राप्त गरे।
यसअघि रक्षामन्त्री रहेका ७२ वर्षीय प्रबोवो तेस्रो प्रयासमा राष्ट्रपति पदमा विजयी भएका हुन्। उनले अक्टोबरमा राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नेछन्।
भाषणमा राष्ट्रवादी भावना, रक्षामन्त्रीका रूपमा बलियो साखलगायत कारण उनले लोकप्रियता बढेको स्थानीय सञ्चार माध्यमले जनाएका छन्।
यता, पराजित उम्मेदवार एनिस र गञ्जरले निर्वाचनका क्रममा अनियमितता र धाँधली भएको भन्दै संवैधानिक अदालतमा उजुरी गर्ने बताएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
