सुनको मूल्यमा पुनः रेकर्ड, एकैदिन २ हजार ६०० रुपैयाँ बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख २७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौँ– स्थानीय बजारमा सुनले पुनः उच्च मूल्यको रेकर्ड बनाएको छ। बिहीबार छापावाल सुनको मूल्य प्रतितोला दुई हजार ६०० रुपैयाँले वृद्धि भएको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक लाख २७ हजार ८०० तोकिएको छ। बुधबार एक लाख २५ हजार २०० रुपैयाँ थियो। 

यस्तै तेजाबी सुन मूल्य प्रतितोला एक लाख २७ हजार २०० निर्धारण गरिएको महासंघले जनाएको छ। बुधबार प्रतितोला एक लाख २४ हजार ६०० मा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला ३५ रुपैयाँले वृद्धि भई एक हजार ५५५ पुगेको छ।