बिहीबार नेप्से परिसूचक घटे पनि कारोबार रकम भने अघिल्लो दिनका तुलनामा बढेको छ।
काठमाडौँ– साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ। बिहीबार नेप्से परिसूचक घटे पनि कारोबार रकम भने अघिल्लो दिनका तुलनामा बढेको छ।
बिहीबार नेप्से परिसूचक १५.३७ अंकले घटेर २०४८.५७ को विन्दुमा कायम भएको हो।यस दिन विभिन्न ३१५ कम्पनीका एक करोड ८५ लाख ५२ हजार ७०५ कित्ता शेयर ५२ हजार ३१७ पटक खरिदबिक्री हुँदा चार अर्ब ३१ करोड ३० लाख १७ हजार ७१३ रुपैयाँ बराबरको कारोबार भएको छ। बुधबार ३.३४ अंकले घट्दै २०६३.९५ को विन्दुमा रहँदा कारोबार रकम तीन अर्ब ४९ करोड ६२ लाख रुपैयाँ थियो।
बिहीबार ४९ कम्पनीका शेयर मूल्य बढेको छ भने १८७ कम्पनीका शेयर लगानीकर्तालाई नोक्सानी भएको छ। आठ कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएन। १३ उपसमूहमा व्यापारबाहेकका सबै घटेका छन्। माइक्रो फाइनान्स उपसमूह सर्वाधिक १.३२ प्रतिशतले घटेको छ।
बिहीबारको कारोबारमा धौलागिरि लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य बढेर सकारात्मक सर्किट लागेको छ। सर्वोत्तम सिमेन्टको शेयर ९.९९ प्रतिशत, किसान लघुवित्त वित्तीय संस्थाको ९.९१ प्रतिशत र कर्णाली विकास बैंकका ९.२३ प्रतिशतले बढेको छ।
सर्वाधिक कारोबार हुने कम्पनीमा माछापुच्छ्रे विकास बैंक अगाडि छ। उक्त बैंकको संस्थापक शेयर एक अर्ब २१ करोड ३२ लाख ८१ हजार रुपैयाँको किनबेच भएको छ। यस्तै, गुर्खाज फाइनान्सको २८ करोड ५३ लाख, शिवम् सिमेन्टको १४ करोड ८८ लाख र सोनापुर मिनरल्सको १२ करोड ७७ लाखको कारोबार भएको छ।
घटेका १८७ कम्पनीमा शीर्ष स्थानमा बुद्धभूमि नेपाल हाइड्रोपावर अगाडि छ। बुद्धभूमिको शेयरमा नकारात्मक सर्किट लागेको छ। गोर्खाज फाइनान्सको ९.६२, बोटलर्स नेपाल (बालाजु)को ९.४६, गुराँस लघुवित्त वित्तीय संस्थाको ५.४६ र लक्ष्मी लघुवित्त वित्तीय संस्थाको ५.१४ प्रतिशतले शेयर मूल्य घटेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
