न्युरोलिंकले आफ्नो सफलता देखाउने भिडियो साझा गरेको छ, जसमा एक व्यक्तिले सोचेकै भरमा (हातको प्रयोग नगरेरै) अनलाइन चेस खेलिरहेका छन्।
एलन मस्कको कम्पनी न्युरोलिंकको ब्रेन चिप प्रोजेक्टले ठूलो सफलता प्राप्त गरेको छ।
न्युरोलिंकले बुधबार आफ्नो सफलता देखाउने भिडियो साझा गरेको छ जसमा एक व्यक्तिले सोचेकै भरमा (हातको प्रयोग नगरेरै) अनलाइन चेस खेलिरहेका छन् र त्यसमा आफ्नो नियन्त्रण कायम गर्न सकेका छन्।
भिडियोमा देखिएका व्यक्ति २९ वर्षीय नोल्यान्ड अर्बांघ हुन्। अर्बांघको सवारी दुर्घटनामा परेर मेरुदण्डमा चोट लागेको थियो। त्यसपछि उनी ८ वर्षदेखि ओछ्यानमै छन्। उनकाे काँधमुनिकाे सबै भागमा पक्षघात भएको छ।
उनको मस्तिष्कमा न्युरोलिंक चिप प्रत्यारोपण गरिएको थियो। अहिले उनी सोचेकै भरमा कम्प्युटरमाथि नियन्त्रण गर्न सक्ने, चेस, भिडियो गेमलगायत खेल्न सक्ने भएका छन्। यस प्रविधिले आफ्नो जीवन परिवर्तन गरेको उनको भनाइ छ।
— Neuralink (@neuralink) March 20, 2024
उक्त चिपमा मान्छेको सोच तथा विचारलाई डिकोड गरिएको थियो। न्युरोलिंकले यो ब्रेन चिप कम्पनी मात्र नभएर सोचेकै भरमा कम्प्युटरलाई नियन्त्रण गर्ने यन्त्रहरू बनाउने कम्पनीसमेत भएको दाबी गरेको छ।
मस्कको यस ब्रेन टेक्नोलोजी स्टार्टअप न्युरालिंकले पूर्णतया केही गर्न नसक्ने बिरामीहरूलाई सक्षम पार्ने लक्ष्य राखेको छ। न्युरोलिंकको चिपको सहायताले मानिसले सोचेर मात्रै धेरै काम गर्न सक्नेछ र उसको सोच कम्प्युटरमा देख्न सकिनेछ।
सर्भाइकल स्पाइनल कर्ड इम्पेयरमेन्ट या क्वाड्रिप्लेजिया जस्ता गम्भीर शारीरिक समस्या भएका बिरामीहरूसँग कम्पनीले काम शुरू गर्ने मस्कले बताएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
