राजधानी किभलक्षित रुसी क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा १७ जना घाइते भएको युक्रेनका सरकारी अधिकारीले जनाएका छन्।
राजधानी किभलक्षित रुसी क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा १७ जना घाइते भएको युक्रेनका सरकारी अधिकारीले जनाएका छन्। किभलाई लक्षित गरी रुसले प्रहार गरेका ३१ वटा क्षेप्यास्त्रलाई रोकेको युक्रेनको वायु सेनाले जनाएको छ।
घाइते हुनेमा बालबालिकासमेत रहेको र तीमध्ये चार जना अस्पतालमा उपचाररत रहेको अधिकारीहरूले बताएको बीबीसीले उल्लेख गरेको छ।
मध्य शेभचेन्किभ्स्की जिल्ला र पश्चिमी स्वयातोशिन्की जिल्लामा रहेका दुई अग्ला आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण भएपछि यसबाट भवन र वरपरका क्षेत्रमा समेत क्षति पुगेको छ। आक्रमणपछि मध्य पोडिल्स्की जिल्लामा रहेको एक ट्रान्सफर्मर सबस्टेसनमा आगलागी भएको थियो।
पोडिल्स्की, शेभचेन्किभ्स्की र स्भियाटोशिन नदीमा पहिरो खसेपछि पावर ट्रान्सफर्मरको छाना, थुप्रै आवासीय भवन र कारमा आगलागी भएको नगरसैन्य प्रशासनका प्रमुख सेर्ही पोप्कोले टेलिग्राममा उल्लेख गरेका छन्।
पोप्कोले लेखेका छन्, “सफल युद्ध अभियानको परिणामस्वरूप दुश्मनका सबै क्षेप्यास्त्र किभ र राजधानीनजिक खसालिएको छ।”
रूसी सेनाले बुधबार राति युक्रेनविरुद्ध इस्केन्डर–एम र किन्झाल नामक दुई ब्यालेस्टिक क्षेप्यास्त्र तथा ११ टीयू–९५ एमसी बमवर्षक विमानबाट २९ क्रुज क्षेप्यास्त्र प्रहार गरेको युक्रेनको वायु सेनाले जनाएको छ।
बुधबार खार्किभमा रुसी आक्रमणमा परी पाँच जनाको मृत्यु भएको थियो। यस हप्ताको शुरूमा नजिकैको सुमी क्षेत्रका अधिकारीले तीव्र गोलाबारीका कारण १५० भन्दा बढी मानिस विस्थापित हुन बाध्य भएको बताएका थिए।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हालैका दिनमा थप सैन्य सहायताका लागि आफ्नो आह्वान दोहोर्याएका छन्। विशेष गरी युक्रेनलाई थप हवाई प्रतिरक्षा प्रणाली पठाउन पश्चिमालाई उनको आह्वान छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
