बयान सकिएसँगै उनलाई पुनः नर्भिक अस्पतालमै भर्ना गरिएको सीआईबीले जानकारी दिएको छ।
काठमाडौँ– सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा प्रहरी नियन्त्रणमा रहेका नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरासँग बयान लिने काम बिहीबार सकिएको छ।
बुधबारदेखि शुरू भएको बयान लिने कार्य बिहीबार सम्पन्न भएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख, सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले जानकारी दिए। बयान सकिएसँगै उनलाई पुनः नर्भिक अस्पतालमै भर्ना गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जानकारी दिएको छ। कमजोर स्वास्थ्य अवस्थाका कारण उनलाई अदालतले नै अस्पतालमा राख्न भनेको थियो।
यही चैत ५ गते कपिलवस्तुको पकडीबाट पक्राउ परेका उनीमाथि चार दिनको म्याद लिएर सीआईबीले अनुसन्धान गरिरहेको छ। बिहीबार थपिएको म्याद सकिने अन्तिम दिन हो। उनमाथि शुक्रबार थप आवश्यक प्रक्रिया अघि बढाइने सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।
गत साउन २ गते ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोट (भेप)मा ल्याइएको नौ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग महराको नाम जोडिएकाले अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो।
अघिल्लो पटक सीआईबीले उनमाथि बयान कागज गराएर छाडेको थियो। सोही प्रकरणमा महराका छोरा राहुल हाल पुर्पक्षका लागि थुनामा छन्।
यसैबीच बाँसबारीको जग्गा हिनामिना प्रकरणमा बिहीबार नै सीआईबीले सांसद विनोद चौधरीसँग जिल्ला सरकारी वकिलको रोहबरमा बयान लिइएको छ। बयान दिएपछि उनले सञ्चारकर्मीसँग कुरा गर्दै यो प्रक्रिया ‘स्टन्ट’ मात्रै भएको जिकिर गरे।
पीपीपीको उत्कृष्ट मोडललाई राजनीतिकरण गरिएको भन्दै उनले १० रोपनी जग्गामा कुदृष्टि राख्छ भन्ने विचार नै विकृत मानसिकताको सोच भएको बताए। उनमाथि अनुसन्धान भइरहेको विषयमा सीआईबीले बुधबार मात्रै सभामुख देवराज घिमिरेलाई संसद् सचिवालयमार्फत जानकारी गराएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
