कास्की–३ (२) बाट कांग्रेसका बराल विजयी

कास्की–३ को प्रदेशसभा (२) मा एमालेका राजिव पहारीलाई पराजित गर्दै कांग्रेसका प्रकाश बराल निर्वाचित भएका छन्।

पोखरा– कास्की–३ को प्रदेशसभा (२) बाट कांग्रेसका प्रकाश बराल निर्वाचित भएका छन्।

बिहान सकिएको मतगणनामा बरालले १२ हजार ३६७ मत ल्याएका छन्। उनका निकटतम प्रतिस्पर्धि एमालेका राजिव पहारीले ११ हजार ९०२ मत पाए।

पहारी २०७४ सालमा यो क्षेत्रबाट निर्वाचित भएका थिए।