बहराइन राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल ५–० ले पराजित भएको हो। खेलमा बहराइनले तीन गोल पहिलो हाफमा गरेको थियो।
काठमाडौँ– फिफा विश्वकप २०२६ र एएफसी एशियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाल बहराइनसँग पराजित भएको छ।
बहराइन राष्ट्रिय रंगशालामा भएको खेलमा घरेलु टोली ५–० ले विजयी भयो। खेलमा बहराइनले तीन गोल पहिलो हाफमा गरेको थियो। दोस्रो मिनेटमा नै बहराइनले अग्रता लिएको थियो।
माहदी अल हुमाइदानले गोल गर्दै टोलीलाई अग्रता दिलाए। आठौँ मिनेटमा सायद बाकेरले गोल गर्दै अग्रता दोब्बर पारे। पहिलो हाफको अन्त्यतिर अब्दुलजब्बरले गोल गरे।

दोस्रो हाफमा बहराइनले खेलमा दुई गोल थप्यो। ८७औँ मिनेटमा इब्राहीम अल खतालले चौथो गोल गरे। यस्तै इन्जुरी समयमा इस्माइल हसनले पेनाल्टीमार्फत गोल गर्दै ५–० को फराकिलो जित दिलाए।
नेपालले घरेलु मैदान विश्वकप छनोटका खेल खेलाउन लायक नभएपछि होम म्याच नै बहराइनमा खेलेको हो। समूह ‘एच’मा ३ खेल खेलेको नेपाल अंकविहीन छ। बहराइन ३ खेलमा ६ अंकसहित दोस्रो स्थानमा छ। समूहमा नेपाल र बहराइनसहित यमन र यूएई छन्।
नेपालले बहराइनविरुद्ध अर्को खेल मार्च २७ मा खेल्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
