पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

दिउँसो, देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

काठमाडौँ– नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली तथा भारतको झारखण्ड आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ। 

जसका कारण पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  

दिउँसो, देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुनेछ। 

यसैगरी, राति कोशी, मधेस, बागमती र गण्डकीमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका थोरै स्थानमा वर्षाको सम्भावना छ। 

कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुने महाशाखाले जनाएको छ।