अस्पतालमा प्रत्यारोपण सेवा शुरू भएको २० महिनापछि पहिलो पटक आफ्नै जनशक्तिबाट प्रत्यारोपण गरिएको हो।
कास्की– पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ। अस्पतालले आफ्नै जनशक्तिबाट बिहीबार सफल प्रत्यारोपण गरिएको हो।
तनहुँको व्यास नगरपालिका–१० की ३५ वर्षीय सम्झना गुरुङको सफल प्रत्यारोपण गरिएको हो। उनलाई लमजुङ सुन्दरबजार नगरपालिका बस्ने बहिनी सुमिना गुरुङले मिर्गौला दान दिएकी थिइन्।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको सो अस्पतालमा प्रत्यारोपण सेवा शुरू भएको २० महिनापछि पहिलो पटक आफ्नै जनशक्तिबाट प्रत्यारोपण गरिएको हो। यसअघि २०७९ असारमा पहिलो पटक शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले मिर्गौला प्रत्यारोपण गरेको थियो।
बिहीबार अस्पतालका युरो सर्जनद्धय डा. प्रकाश क्षेत्री र डा. अनुप चापागाईं, नेफ्रोलोजिस्ट डा. जुजुराम श्रेष्ठ र डा. अमृत केसी, जनरल सर्जन डा. डेभिड श्रेष्ठको टोलीले प्रत्यारोपण गरेको सूचना अधिकारी सुमन भट्टराईले जानकारी दिए।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भएका आठ वटा प्रत्यारोपणमा केन्द्रका चिकित्सकबाट गरिएकामा नवौँ प्रत्यारोपण भने आफ्नै चिकित्सक र स्वास्थ्यकर्मीबाट गरिएको प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीले बताए। अस्पतालकै जनशक्तिबाट सो कार्य सम्भव भएपछि प्रत्यारोपणका लागि पालो कुर्नुपर्ने अवस्था पनि कम हुँदै जाने उनको भनाइ छ।
यहाँ मिर्गौला प्रत्यारोपण गर्दा बिरामीले चार लाख रुपैयाँसम्म सहुलियत पाउने गरेका छन्। विपन्न नागरिकको औषधोपचार कार्यक्रमअन्तर्गत सो सहयोग पाउने जनाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
