सुपारी बिक्री तथा बजारीकरणमा समस्या नभएको किसानले बताएका छन्। व्यापारीले बगानमा नै आएर प्रतिकिलो ३० देखि ५० रुपैयाँसम्ममा खरिद गरेर लैजाने गरेका छन्।
फिक्कल– इलामको माई नगरपालिका–९ चिसापानीका श्रीमान राईले ५० रोपनी जग्गामा सुपारी खेती गरेका छन्।
उनको सुपारी बगानमा पाँच हजार बोट छन्। “केहीमा फल लागेको छ। केही फल्ने अवस्थामा छन्,” उनले भने, “व्यापारी बगानमा नै आएर खरिद गर्ने भएकाले बजारको चिन्ता छैन। काँचो सुपारी बगानबाटै प्रतिकिलो ५० रुपैयाँका दरले बिक्ने गरेको छ।”
घरआँगनका डिलदेखि खेतबारी र पाखामा सुपारी रोपेर आयआर्जन गर्ने बताउँदै उनले नयाँ बोट थप गरी खेती विस्तार गर्ने योजनामा रहेको सुनाए। “यस वर्ष सुपारी बेचेर तीन लाख आम्दानी भयो। सुपारीले तरकारी र अन्य बालीलाई क्षति नपुर्याउने र छहारीको काम गर्ने भएकाले दोहोरो फाइदा लिन सकिन्छ,” उनले भने, “बहुवर्षे नगदे बाली सुपारीको एकै बोटबाट ५० किलोसम्म उत्पादन हुन्छ।”
अर्का किसान कृष्ण लिम्बूले पनि अन्न फल्ने १० रोपनी जग्गामा ५०० बोट सुपारी रोपेका छन्। थोरै लगानी र कम मेहनतमा नै व्यावसायिक खेती गर्न सकिने भएकाले सुपारीखेती शुरू गरेको उनले सुनाए।
“बिक्रीको चिन्ता छैन। व्यापारी घरमा नै आउँछन्। प्रतिकिलो ३० देखि ५० रुपैयाँसम्ममा बगानबाटै बिक्री हुने गर्छ,” उनले भने, “यस वर्ष सुपारी खेतीबाट एक लाख रुपैयाँ कमाएँ।”
यहाँका करिब ७० घर किसानले व्यावसायिक सुपारीखेती गर्दै आएका छन्। कम मेहनत र थोरै लगानीमा नै मनग्ये आम्दानी हुने भएपछि चुरे क्षेत्रका किसान व्यावसायिक सुपारी खेतीमा आकर्षित भएका छन्।
बाँझो जग्गा सदुपयोग गर्दै किसानले व्यावसायिक रूपमा सुपारी खेती शुरू गरेका हुन्। उनीहरूले खेतबारी र पाखामा सुपारी रोपेर आयआर्जन गर्न थालेका हुन्। सुपारीले अन्य बाली लगाउन असर नगर्ने भएकाले यसप्रति किसानको आकर्षण बढेको हो। प्रायः सबै परिवारले सुपारी खेती गर्न थालेको स्थानीय तीर्थ साउदेनले बताए।
यस वर्ष इलाममा ६१० मेट्रिक टन सुपारी उत्पादन भएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख रामजुगल यादवले जानकारी दिए। इलाममा २०० हेक्टर क्षेत्रमा व्यावसायिक सुपारी खेती हुँदै आएको यादवले बताए।
जिल्लाको माई नगरपालिकाका बोरुङ, चिसापानी, दानाबारी, महमाई, माङसेबुङ गाउँपालिकाका बाँझो, सिङफेरे, मार्चेबुङ, रोङ गाउँपालिका र चुलाचुली गाउँपालिकाका किसानले सुपारीको व्यावसायिक खेती गर्दै आएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
