एकीकरण अभियानमा महत्वपूर्ण सहयोग गरेका मगर जातिलाई उपत्यका छिर्ने गौँडा कुर्न विभिन्न स्थानमा जग्गा दिइ बसोबास गराउने क्रममा भैँसेपाटीमा ५०० रोपनी जग्गा दिइएको शिलालेखमा उल्लेख छ।
ललितपुर– ललितपुर महानगरपालिका–१८ भैँसीपाटीको सैँबु मगर गाउँमा मन्त्री आवास निर्माण भएपछि बिस्तारै हराउँदैछ यस गाउँको परिचय।
संघीयमन्त्रीका लागि ९६ रोपनीसहित प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि २७ रोपनी १२ आना जग्गामा आवास निर्माण भएपछि मगर गाउँको परिचय नै आवास क्षेत्र बन्दै गएको छ।
शाहकालीन राज्यदेखि नै मगर गाउँको इतिहास छ। नेपाल एकीकरण गर्ने क्रममा मगर जातिले आफूलाई ठूलो सहयोग गरेको भन्दै १७६९ सालमा पृथ्वीनारायण शाहले ललितपुरको भैँसीपाटीमा गोरखा पीपलथोक धातथलोका जगजजित थापालाई ५०० रोपनी जग्गा लालमहोहर लगाएर दिएको शिलालेखमा उल्लेख गरिएको इतिहासका जानकार एवं स्थानीय राजेश पन्तले बताए।
काठमाडौँ उपत्यकालाई अन्य राज्यको आक्रमणबाट जोगाउन एकीकरण अभियानमा महत्वपूर्ण सहयोग गरेका साहसी र बहादुर मगर जातिलाई उपत्यका छिर्ने गौँडा कुर्न उपत्यकाको विभिन्न स्थानमा जग्गा दिइ बसोबास गराउने क्रममा भैँसेपाटीमा ५०० रोपनी जग्गा दिइएको शिलालेखमा उल्लेख छ।
समयअनुसार बस्ती बढ्दै गएपछि ललितपुरको सैँबु मगर गाउँको नामले परिचति भएको थियो। गोरखाका थापा मगर बसाइँ सरेर सैँबु मगर गाउँमा आएपछि पीपलबोट रोपेको इतिहास पनि शिलालेखमा उल्लेख छ। त्यही पीपलको रुख भएको ठाउँलाई अहिले मगर गाउँ चोकको नामले चिनिन्छ।
शहरीकरण बढ्दै गएपछि मगर गाउँमा सबै समुदायको बसोबास हुँदै आएको स्थानीय बताउँछन्। मन्त्री आवास निर्माण शुरू भएदेखि आवास क्षेत्रमा बाटो फराकिलो हुनुपर्छ भनेर स्थानीयले विरोध गरिरहेका छन्। पन्तले भने, “मन्त्री निवास निर्माण गर्ने बहानामा ऐतिहासिक बस्तीको बेवास्था गर्नुभएन। आवास क्षेत्र वरपर ११ मिटर चौडा बाटो चाहिन्छ भनेर विरोध गरेका हौँ।”
गाउँको परिचय गुम्ने हो कि भन्ने चिन्ता बढेको पन्तको भनाइ छ। “शहरीकरण बढ्दै गएपछि मगर गाउँको परिचय लोप नहोस् भनेर शिलालेख निर्माण गरेका छौँ। शिलालेखमा एकीकरणको समयमा मगर समुदायले पृथ्वीनारायण शाहलाई पुर्याएको योगदानका बारेमा उल्लेख छ,” उनले भने।
मगर गाउँ चोक छेउमा २०६५ सालमा निर्माण गरिएको पशुपतिनाथ मन्दिर छ। त्यही मन्दिरको मुख्य गेटमा मगरगाउँको इतिहास झल्किने शिलालेख तयार गरिएको छ। मन्त्री आवास निर्माण नहुँदा आवास क्षेत्र खेतीयोग्य जमिन भएको पशुपतिनाथ मन्दिरका पुजारी सुदर्शन अर्यालले बताए। “पहिले यहाँ धान फल्थ्यो। अहिले हेर्दा हेर्दै ठूलाठूला भवन निर्माण भएका छन्।”
अहिले धेरैले मगर गाउँलाई आवास क्षेत्र भन्ने गरेका छन्। मगर गाउँको परिचय बिस्तारै हराउँदै गएको उनको भनाइ छ। मन्त्री आवास निर्माण भएपछि स्थानीयले फराकिलो बाटो र बस्ती सुरक्षा तथा पार्क हुनुपर्ने माग गर्दै आएका छन्।
प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास निर्माण सकिए पनि संघीयमन्त्री आवासको भने अझै सम्पन्न भएको छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
