सुन तस्करी प्रकरणमा पक्राउ परेका महरालाई बयान सकिएपछि कान्छो छोरा निर्मल महराको जिम्मामा छाडिएको सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले जानकारी दिए।
काठमाडौँ– सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा हाजिरी जमानतमा छुटेका छन्।
शुक्रबार बयान सकिएपछि उनलाई हाजिरी जमानतमा रिहा गरिएको सीआईबीले जनाएको छ। महरालाई कान्छो छोरा निर्मल महराको जिम्मामा छाडिएको सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले जानकारी दिए।
महरालाई चैत ५ मा कपिलवस्तुबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको थियो। अदालतमा म्याद थप गर्न हाजिर गएका बेला उनको स्वास्थ्य स्थितिलाई ख्याल गर्दै अस्पतालमा राख्न आदेश भएको थियो।
उनी नर्भिक अस्पताल भर्ना भएका थिए। अदालतले उनलाई ४ दिन मात्र हिरासतमा राख्न स्वीकृति दिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
