सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री शर्माले गृहमन्त्री लामिछानेविरुद्ध कुनै आधार र प्रमाण नदेखिएकाले संसदीय समितिको आवश्यकता नरहेको सरकारको धारणा रहेको बताइन्।
काठमाडौँ– सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध अनुसन्धान गर्न संसदीय समिति बनाउन आवश्यकता नभएको बताएकी छन्।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले उठाएका प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री शर्माले गृहमन्त्री लामिछानेविरुद्ध कुनै आधार र प्रमाण नदेखिएकाले संसदीय समितिको आवश्यकता नरहेको सरकारको धारणा रहेको बताएकी हुन्।
सहकारीको रकम हिनामिनामा गृहमन्त्री लामिछानेमाथि पनि अनुसन्धान गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्मा विरोध जनाउँदै आएको छ। कांग्रेसले गृहमन्त्री लामिछानेमाथि संसदीय समितिमार्फत छानबिन हुनुपर्ने माग गरिरहेको छ, तर सरकारले भने उनीमाथि छानबिनका लागि संसदीय समिति आवश्यक नभएको बताएको छ।
“यो विषय यति गम्भीरतापूर्वक संसदीय समिति नै बनाएर गर्नुपर्ने हो कि होइन भन्ने कुरामा सरकारले त्यसको आवश्यकता देखेको छैन। त्यसमा गृहमन्त्रीज्यू संलग्न भएको आधार प्रमाण नभएको हुँदा समिति गठन आवश्यकता छैन भन्ने सरकारको धारणा छ,” उनले भनिन्।
उनले विभिन्न कार्यदल बनाएर सहकारीका विषयमा विभिन्न ढंगले अनुसन्धान भइरहेको भन्दै जोकोही दोषी देखिएको खण्डमा कारबाही भने हुने बताइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
