पश्चिम नवलपरासी–२ मा राप्रपाका प्रधान विजयी

पश्चिम नवलपरासी–२ मा कांग्रेसका देवेन्द्रराज कँडेललाई पराजित गर्दै राप्रपाका ध्रुवबहादुर प्रधान विजयी भएका छन्।

काठमाडौँ– पश्चिम नवलपरासीको क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष ध्रुवबहादुर प्रधान विजयी भएका छन्।

प्रधानले नेपाली कांग्रेस केन्द्रीय सदस्य देवेन्द्रराज कँडेललाई १५ हजार ३६५ मतको फराकिलो अन्तरले पराजित गरे। प्रधानले ३४ हजार ९५९ मत प्राप्त गर्दा कँडेलले १९ हजार ५९४ मत ल्याए।

एमालेका दीपेन्द्र अधिकारीले १४ हजार ४९८ मत प्राप्त गरे। नेपाल प्रहरीको महानिरीक्षकबाट अवकाश पाएपछि राजनीतिमा सक्रिय प्रधान तेस्रो प्रयासमा निर्वाचित भएका हुन्।