सरकारले मिटरब्याजसम्बन्धी समस्या समाधानबारे अध्ययनका लागि उच्च अदालतका पूर्वन्यायाधीश तेजबहादुर कार्की नेतृत्वको तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ।
काठमाडौँ– सरकारले अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणका लागि तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणका लागि उच्च अदालतका पूर्वन्यायाधीश तेजबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको हो।
आयोगको सदस्यमा पूर्वएआईजी पुस्कर कार्की र सञ्जीव मिश्र रहेका छन्। तीन महिनाभित्र सुझावसहितको प्रतिवेदन पेश गर्ने कार्यादेशसहित आयोग गठन गरिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।
यसअघि पनि सरकारले मिटरब्याजसम्बन्धी समस्या समाधानबारे अध्ययन गर्नका लागि विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा नेपाल प्रहरीका पूर्वएआईजी उत्तमबहादुर सुवेदी र पूर्वडीआईजी गणेशबाबु अर्याल सदस्य रहेको समिति गठन गरेको थियो। आयोगले आठ महिनाको अध्ययनपछि सरकारलाई प्रतिवेदन बुझाएको थियो।
पुनः मिटरब्याजीविरुद्ध आन्दोलन गर्दै काठमाडौँ आएपछि सरकार र मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिबीच जाँचबुझ आयोग गठनसहित चारबुँदे सहमति भएको थियो। सहमतिमा सरकारले मिटरब्याज समस्याको दीर्घकालीन समाधान गर्न जाँचबुझ आयोग गर्ने उल्लेख थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
