भावनगर मेडिकल कलेजमा कार्यरत इन्टर्न र अनुभवी डाक्टरहरूका बीच डा. गणेश बरैयाको बेग्लै उचाइ छ। तर उनको त्यो उचाइ भने शारीरिक नभएर संकल्पको उचाइ हो।
भारत, गुजरातको भावनगर मेडिकल कलेजमा कार्यरत इन्टर्न र अनुभवी डाक्टरहरूका बीच डा. गणेश बरैयाको बेग्लै उचाइ छ। तर उनको त्यो उचाइ भने शारीरिक नभएर संकल्पको उचाइ हो।
गणेशको उचाइ तीन फिट र ताैल १८ कलो छ। २२ वर्षीय उनी बालक जस्तै देखिन्छन्, आवाज पनि त्यस्तै छ। तर डाक्टर बन्नको लागि उनले गर्नुपरेको संघर्ष भने निकै परिपक्व र प्रेरणादायी छ। त्यही संघर्षले उनलाई शारीरिक चुनौतीका बीच पनि डाक्टर बन्न प्रेरित गरिरह्यो।
गणेश गुजरातको भावनगर जिल्लाको गोर्खी गाउँका हुन्। कमजोर आर्थिक अवस्था भएको परिवारका उनले आफ्नो मार्गमा आएका सबै बाधाहरू पार गर्दै अन्ततः डाक्टर बन्ने सपनालाई साकार पारेका छन्। एमबीबीएसको पढाइ पूरा गरेपछि अहिले उनी जुनियर डाक्टरको रूपमा भावनगर मेडिकल कलेजमा इन्टर्न गरिरहेका छन्।

बरैयाको बाटो अवरोधले भरिएको थियो। कक्षा १२ को परीक्षामा उनले ८७ प्रतिशतको उत्कृष्ट अंक ल्याए। सन् २०१८ मा एमबीबीएसको लागि राष्ट्रिय योग्यता कम प्रवेश परीक्षा (एनईईटी)मा २३३ अंक हासिल गरे पनि उनलाई मेडिकल कलेजमा भर्ना गर्न भने दिइएन।
गुजरात सरकारले एमबीबीएसमा भर्ना गर्न अस्वीकार गरेको थियो। एनईईटी उत्तीर्ण गरे पनि मेडिकल काउन्सिल अफ इन्डिया (एमसीआई)ले उनको कम उचाइका कारण एमबीबीएस पढ्न अयोग्य भएको बताएको थियो। एमसीआईले उनको उचाइ तीन फिट मात्रै भएकाले बिरामीको शल्यक्रिया गर्न निकै समस्या हुने भन्दै एमबीबीएस पढ्नबाट रोकेको थियो।
त्यसपछि उनले सर्वोच्च अदालतमा मुद्दा हाले। सर्वोच्च अदालतले अपांगता भएका व्यक्तिको अधिकार ऐन, २०१६ लाई देखाएर उनको पक्षमा फैसला गर्दै भर्ना गर्न सरकारलाई आदेश दिएको थियो। त्यसपछि उनी २०१९ को एमबीबीएस ब्याचमा भर्ना भए र अहिले पासआउट भएर इन्टर्न गरिरहेका छन्।
इन्डिया टाइम्ससँगको कुराकानीमा भावनगर मेडिकल कलेजका डीन डाक्टर हेमन्त मेहता सम्झन्छन्, “बरैया कक्षामा सधैँ अगाडि बस्ने गर्थे र हरेक क्रियाकलापमा उत्साहपूर्वक सहभागी हुन्थे। उनलाई उनका सहपाठीहरूको अटल समर्थन थियो।”
“बरैया अब विश्वको सबैभन्दा छोटो डाक्टरको उपाधिका लागि प्रतिस्पर्धा गर्न योग्य छन्,” डा मेहता थप्छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
