राष्ट्रसंघीय सुरक्षा परिषद्मा गाजामा युद्धविरामसम्बन्धी अमेरिकी नेतृत्वको प्रस्तावलाई रुस र चीनले भिटो लगाएका छन्।
राष्ट्रसंघीय सुरक्षा परिषद्मा गाजामा युद्धविरामसम्बन्धी अमेरिकी नेतृत्वको प्रस्तावलाई रुस र चीनले भिटो लगाएका छन्। साथै, प्रस्तावले इजरायलमाथि दबाब नदिएको भन्दै मस्कोले वासिंटनमाथि ‘पाखण्डपूर्ण तमासा’ गरेको आरोप लगाएको छ।
पछिल्ला युद्धविरामको आह्वानसहितका प्रस्तावलाई भिटो लगाएको इजरायलको प्रमुख सहयोगी अमेरिकाले पहिलोपटक ‘तत्काल र दिगो युद्धविरामको अनिवार्यता’को समर्थन र हमासले अक्टोबर ७ मा गरेको आक्रमणको निन्दासहित प्रस्ताव अगाडि बढाएको थियो।
उक्त प्रस्तावमा रुस र चीनले भिटो प्रयोग गरे भने अल्जेरियाले विपक्षमा मतदान गर्यो। गुयना अनुपस्थित रह्यो। स्थायी सदस्य फ्रान्स र बेलायतसहित सुरक्षा परिषद्का अन्य ११ सदस्यले प्रस्तावको पक्षमा मतदान गरेका थिए।
राष्ट्रसंघका लागि रुसी राजदूत वासिली नेबेन्जियाले इजरायलमाथि नियन्त्रण गर्न अमेरिकाले केही नगरेको, गाजालाई धर्तीबाट करिब समाप्त गरेपछि युद्धविरामको कुरा गरेको भन्दै वासिंगनप्रति कटाक्ष गरे।
“हामीले एउटा विशिष्ट पाखण्डपूर्ण तमासा हेरेका छौँ,” उनले भने, “अमेरिकी प्रस्तावलाई अत्यधिक राजनीतिकरण गरिएको छ, यसको एउटा मात्र उद्देश्य भनेको मतदातासँग खेल्नु हो। यो प्रस्तावले इजरायलको दण्डहीनतालाई वैधता दिने छ। यसका अपराधका बारेमा मस्यौदामा मूल्यांकनसमेत गरिएको छैन।”
उक्त प्रस्तावले हमासद्वारा बन्धक बनाइएकालाई रिहाइ गरिएको बदलामा युद्ध रोक्न अमेरिका र इजिप्टको समर्थनमा कतारको नेतृत्वमा जारी वार्तासँग जोडेको छ। अमेरिकी राजदूत लिन्डा थोमस–ग्रिनफिल्डले रुसी र चिनियाँ भिटोलाई ‘निन्दनीय’ मात्र नभएर ‘तुच्छ’समेत भने।
“रुस र चीन अमेरिकाले लेखेको प्रस्तावका लागि मतदान गर्न चाहँदैन थिए”, उनले भने, “इमानदार बनौँ, सबै उग्र बयान आए पनि रुस र चीनले दिगो शान्तिलाई अगाडि बढाउन वा मानवीय प्रतिक्रिया प्रयासमा सार्थक योगदान दिन कूटनीतिक रूपमा केही पनि गरिरहेका छैनन् भन्ने हामी सबैलाई थाहा छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
