उद्घाटन समारोहपछि भएको खेलमा चेन्नई सुपर किंग्स विजयी भएको छ। चेन्नईले रोयल च्यालेञ्जर बैंग्लोरलाई ६ विकेटले पराजित गरेको हो।
काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) शुक्रबारदेखि भारतमा शुरू भएको छ।
उद्घाटन समारोहमा भारतीय सेलिब्रेटीहरू अक्षय कुमार, एआर रहमान, सोनू निगम, मोहित चौहान, नीति मोहनलगायतले प्रस्तुति दिए।
उद्घाटन समारोहपछि भएको खेलमा चेन्नई सुपर किंग्स विजयी भएको छ। चेन्नईले रोयल च्यालेञ्जर बैंग्लोरलाई ६ विकेटले पराजित गरेको हो।
१७४ रनको विजयी लक्ष्य चेन्नइले १८.४ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो।
चेन्नईको जितमा ओपनरद्वय रितुराज गायक्वाडले १५ र रचिन रवीन्द्रले ३७ रन बनाए। त्यसपछि आएका अजिङ्क्य रहाणेले २७ रन बनाउँदा डेरेल मिचेलले २२ रनको योगदान दिए। त्यसैगरी शिवम दुवेले ३४ र रवीन्द्र जडेजाले २५ रन बनाए।
बैंग्लोरका लागि क्यामरुन ग्रीनले दुई तथा यश दयाल र कर्ण शर्माले १–१ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७३ रन बनायो। बैंग्लोरका लागि ओपनर फ्याप डु प्लेसिसले ३५ रन बनाए। विराट कोहलीले २१ रन बनाए।
रजत पटिदार र ग्लेन म्याक्सवेल शून्य रनमा आउट भए पनि त्यसपछि आएर क्यामरुन ग्रीनले १८ रन बनाए। उसका लागि सबैभन्दा धेरै अनुज रावतले ४८ रन बनाउँदा दिनेश कार्तिक २८ रनमा अविजित रहे।
चेन्नईका लागि मुस्तफिजुर रहमान एक्लैले ४ विकेट लिँदा दीपक चहरले १ विकेट लिए।
जारी प्रतियोगिताअन्तर्गत शनिबार २ वटा खेल हुँदै छन्। दिउँसो ३ः४५ बजे हुने पहिलो खेल पन्जाब किंग्स र दिल्ली क्यापिटल्सबीच हुनेछ।
राति ७ः४५ बजे हुने दोस्रो खेल कोलकता नाइट राइडर्स र सनराइज हैदराबादबीच हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
