धनुषा–३ बाट एमालेका जूली महतो विजयी

धनुषा–३ मा लोसपाका अनिलकुमार झालाई पराजित गर्दै एमाले उम्मेदवार जूलीकुमारी महतो विजयी भएकी छन्।

काठमाडाैँ– धनुषा क्षेत्र नम्बर ३ बाट एमाले उम्मेदवार जूलीकुमारी महतो विजयी भएकी छन्।

उनले नाै हजार ६६९ मतान्तरले लोकतान्त्रिक समाजवादी पार्टीका अनिलकुमार झालाई पराजित गरिन्। महतोले ३३ हजार ३५५ मत ल्याइन्।

उनका निकटतम प्रतिद्वन्दी झा २३ हजार ६८६ मत ल्याएर पराजित भए।