कोशी, मधेश, बागमती र गण्डकीमा वर्षाको सम्भावना

देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, बागमती, मधेश र गण्डकीका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

काठमाडौँ– नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली तथा भारतको उत्तरपूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ।

जसका कारण देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, बागमती, मधेश र गण्डकीका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

दिउँसो कोशी, मधेश, बागमती र गण्डकी आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यी प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

कोशी,बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको पनि सम्भावना छ।

यसैगरी, राति देशभर आंशिक बदली रहने छ। कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षा हुने महाशाखाले जनाएको छ। 

कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना छ।