कालिन्चोकबाट हिमाल हेर्दा (तस्वीरहरू)

कालिन्चोक डाँडाबाट रोल्वालिङ हिमशृंखला र मनोरम प्राकृतिक दृश्यको अवलोकन गर्न सकिन्छ। जनैपुर्णीमा, दशैँ, चैते दशैँलगायत पर्वमा भक्तजनको भीड लाग्ने गर्छ।

काठमाडौँ– दोलखा सदरमुकाम चरिकोटदेखि १५ किलोमिटर उत्तरमा छ, कालिन्चोक मन्दिर। 

मन्दिर समुन्द्र सतहबाट ३८४२ मिटर उचाईमा कालिन्चोक गाउँपालिकामा पर्छ। 

कालिन्चोक डाँडाबाट रोल्वालिङ हिमशृंखला र मनोरम प्राकृतिक दृश्यको अवलोकन गर्न सकिन्छ। जनैपुर्णीमा, दशैँ, चैते दशैँमा भक्तजनको भीड लाग्ने गर्छ। पैदल जाँदा चरिकोटदेखि ६ घण्टा लाग्छ। यो विशेषगरी हिन्दुहरूको प्रसिद्ध तीर्थ स्थल हो। तर अन्य धर्मावलम्बीहरू पनि उत्तिकै पुग्ने गर्छन्। 

कालिन्चोक पर्यटकीय र धार्मिक दुबै दृष्टिकोणले महत्त्वपूर्ण छ। भगवतीले आफ्नो इच्छा पुरा गरिदिने विश्वास लिएर भक्तजन टाढा–टाढाबाट कालिन्चोक आउने गर्छन्। 

फिल्मकर्मीले पनि यो ठाउँ मन पराएका छन् र थुप्रै चलचित्र र म्युजिक भिडियो यहाँ खिचिएको छ। मन्दिर जान सहजताको लागि केबलकार पनि सञ्चालनमा छ। 

कुरी गाउँमा हिउँदमा हिउँ खेल्न आउनेको भीड नै लाग्ने गर्छ। हिउँदको समयमा कुरीका होटल व्यवसायीलाई भ्याइ नभ्याइ हुने गर्छ । जाने हैन त कालिन्चोक?