बझाङमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ घाइते

शुक्रबार राति जयपृथ्वी नगरपालिका–६ नौरामा चट्याङ पर्दा स्थानीय ५२ वर्षीय गजेन्द्रबहादुर सिंहको मृत्यु भएको छ।

चैनपुर– बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। सात जना घाइते भएका छन्। 

शुक्रबार राति जयपृथ्वी नगरपालिका–६ नौरामा चट्याङ पर्दा स्थानीय ५२ वर्षीय गजेन्द्रबहादुर सिंहको मृत्यु भएको हो।

चट्याङ लागेर घाइते हुनेमध्ये लक्ष्मी सिंहको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। बाँकी सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी दीपेश चौधरीले बताए। 

घाइते हुनेमा मृतक सिंहकी १८ वर्षीया छोरी शान्ति सिंह, ३० वर्षीय धीरेन्द्रबहादुर सिंह, उनकी श्रीमती निशा सिंह, छोरी कृतिका सिंह, ४० वर्षीया पञ्चादेवी सिंह, उनका छोरा ९ वर्षीय नितेश सिंह र छोरी १३ वर्षीया लक्ष्मी सिंह छन्।