होलीमा अनावश्यक हर्न बजाउने, नियमविपरीत सवारीसाधन चलाउने, हेलमेट नलगाउने, तीव्र गतिमा मोटरसाइकल हाँक्नेमाथि विशेष कडाइका साथ कारबाही गरिने बताइएको छ।
काठमाडौँ– होली पर्वलाई लक्षित गर्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार राजधानीका ९० स्थानमा सवारी जाँच गर्ने भएको छ।
पर्वलाई सुरक्षित र मर्यादित बनाउन यस्तो व्यवस्था गर्न लागेको हो। बिहान ७ बजेदेखि सवारी जाँच गर्ने र जसका लागि ९०० भन्दा बढी ट्राफिक प्रहरी परिचालन गरिने कार्यालयका प्रवक्ता एसएसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए।
उपत्यकाका तीनवटै जिल्लाको सडकमा अधिकतम ट्राफिक प्रहरी खटाउने र उपत्यका प्रवेश गर्ने नाकामा विशेष चेकजाँचको व्यवस्था मिलाइएको छ।
दुर्घटनारहित होली पर्व मनाउन र उच्छृङ्खल गतिविधिलाई नियन्त्रण गर्न सुरक्षा योजनाबमोजिम मुख्य सडक, चोक र गल्लीमासमेत प्रहरीको बाक्लो परिचालन गर्न लागिएको हो।
होलीमा अनावश्यक हर्न बजाउने, नियमविपरीत सवारीसाधन चलाउने, हेलमेट नलगाउने, तीव्र गतिमा मोटरसाइकल हाँक्नेमाथि विशेष कडाइका साथ कारबाही गरिने एसएसपी श्रेष्ठले बताए।
यस्तै, ३० वटा मोबाइल भ्यान परिचालन गर्ने र आवश्यकताबमोजिम मोबाइल गस्ती तथा चेक प्वाइन्टसमेत राख्ने प्रहरीको तयारी छ।
मादकपदार्थ र लागूपदार्थ सेवन गरेर सवारी चलाउनेलाई विशेष निगरानी गर्ने तयारी छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
