सुर्खेत–१ बाट नेपाली कांग्रे‍सका पूर्णबहादुर खड्का निर्वाचित

सुर्खेत-१ बाट नेपाली कांग्रेसका पूर्णबहादुर खड्का ११ हजार ६१९ मतान्तरले विजयी भएका छन्।

काठमाडौँ– सुर्खेत-१ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका पूर्णबहादुर खड्का विजयी भएका छन्।

कांग्रेस उपसभापतिसमेत रहेका खड्का ११ हजार ६१९ मतान्तरले विजयी भएका हुन्।

बिहीबार साँझ सार्वजनिक अन्तिम मतपरिणामअनुसार उनले ४२ हजार ६०७ मत ल्याए।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार ध्रुवकुमार शाहीले ३० हजार ९८८ मत पाए।