तीन मन्त्री र एक राज्यमन्त्री थपिएसँगै मधेश प्रदेश मन्त्रिपरिषद् १४ सदस्यीय बनेको छ।
काठमाडौँ– मधेश प्रदेश मन्त्रिपरिषद् विस्तार भएको छ। मुख्यमन्त्री सरोजकुमार यादवले शनिबार तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका हुन्।
मुख्यमन्त्री यादवले नेकपा एमालेका प्रदेशसभा सदस्यहरू सत्रुधनप्रसाद सिंह कोइरी, राजकुमार लेखी र प्रमोद जयसवाललाई मन्त्री नियुक्त गरेका हुन्। स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका जयसवाल केही महिनाअघि एमालेमा प्रवेश गरेका थिए।
मुख्यमन्त्री यादवले लेखीलाई गृह, सञ्चार तथा कानून मन्त्रालय, सिंहलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र जयसवाललाई शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मा दिएका छन्।
उनीहरूलाई शनिबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख सुमित्रा भण्डारीले पद तथा गोपनीयताको शपथ गराइन्।
त्यस्तै, केशव राय स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नियुक्त भएका छन्। राज्यमन्त्री नियुक्त भएका रायलाई मुख्यमन्त्री यादवले शपथ गराए। यससँगै मधेश प्रदेश मन्त्रिपरिषद् १४ सदस्यीय बनेको छ। अझै पनि श्रम तथा यातायात मन्त्रालय मुख्यमन्त्री यादवकै जिम्मामा रहेको छ।
केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै मुख्यमन्त्री यादवले कांग्रेसबाट नियुक्त मन्त्रीहरूलाई हटाएर एमालेलाई सरकारमा सहभागी गराएका हुन्। मुख्यमन्त्री यादवले एमाले संसदीय दलका नेता सरोजकुमार यादवले भौतिक पूर्वाधारमन्त्री नियुक्त गरेका थिए।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
