हुम्लाको अदानचुली जिप दुर्घटनाका मृतक र घाइतेको पहिचान खुल्यो

अदानचुली गाउँपालिका–४ मा भएको जिप दुर्घटनामा परी दुई जनाको ज्यान गएको थियो भने सात जना घाइते भएका थिए।

हुम्ला– हुम्लाको दक्षिण भेगको अदानचुली गाउँपालिका–४ मा भएको जिप दुर्घटनामा परी मृत्यु र घाइते हुनेको पहिचान खुलेको छ।

धुलाचौरबाट आउँदै गरेको सु प ००१ ज ११८३ नम्बरको बोलेरो जिप शनिबार दिउँसो पाम्स मोडमा दुर्घटनामा परेको थियो। उक्त दुर्घटनामा परी दुई जनाको ज्यान गएको थियो भने सात जना घाइते भएका थिए।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालका अनुसार मृत्यु हुनेमा अदानचुली गाउँपालिका–५ करगाइ गाउँका ३९ वर्षीया फागुने लुवार र सोही वडा बारिगाउँ गाउँका १३ वर्षीय प्रवेश ऐडी छन्। 

चालक जनक ठगुन्ना, सवारीधनी धनबहादुर महतारा, बारिगाउँका  रामबहादुर ऐडी, अदानचुली–५ का कुल टमटा, बल बोहोरा, चैती बोहोरा, खगेन्द्र टमटा घाइते छन्।

प्रहरीका अनुसार घाइतेको हाल श्रीनगर स्वास्थ्यचौकीमा प्रथामिक उपचार भइरहेको छ। गम्भीर घाइते चालक ठगुन्ना र सवारीधनी महतारालाई थप उपचारका लागि हेलिकप्टरमार्फत अन्यत्र लैजान पहल भइरहेको जनाइएको छ।