यस्तो रहनेछ आइतबारको मौसम

दिउँसो, कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुनेछ। 

काठमाडौँ– नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली तथा भारतको उत्तरपूर्व आसाम र आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ।

कोशी, बागमती र गण्डकीको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। 

दिउँसो, कोशी, मधेश, बागमती र गण्डकीमा आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुनेछ। 

यसैगरी, राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ।

उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातसमेत हुनेछ।