आयरल्यान्ड ‘ए’सँग टी२० र एकदिवसीय खेल्ने नेपाली टोलीको घोषणा

क्यानले आइतबार विनोद भण्डारीको कप्तानीमा टी२० र ओडीआईका लागि छुट्टाछुट्टै टिमको घोषणा गरेको छ।

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान)ले आयरल्यान्ड ‘ए’सँग टी२० र एकदिवसीय सिरिजका लागि नेपाली टोलीको घोषणा गरेको छ। 

क्यानले आइतबार विनोद भण्डारीको कप्तानीमा दुवै ‘फर्म्याट’को नेपाल ‘ए’टिम घोषणा गरेको हो। 

टी२० टोलीमा कप्तान भण्डारीसहित लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, नारायण जोशी, बसिर अहमद, राशिद खान, सागर ढकाल, विपिन खत्री, कमलसिंह ऐरी, हेमन्त धामी र विकास आग्री छन्।

यसैगरी, एकदिवसीयमा कप्तान भण्डारी, अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमलसिंह ऐरी, साहव आलम, रञ्जित कुमार, रुपेश सिंह, रिजन ढकाल, विकास आग्री र मुकेश ढकाल रहेका छन्।