एउटा सानो ढुंगाको सिसीमा करिब ४ हजार वर्ष पहिले प्रयोग गरिएको रातो सौन्दर्य सामग्री भेटिएको हो। अनुसन्धानकर्ताहरूले यसलाई लिपस्टिक भएको बताएका छन्।
अनुसन्धानकर्ताहरूले दक्षिणपूर्वी इरानमा हजारौँ वर्ष पुरानो लिपस्टिक फेला पारेका छन्। एउटा सानो ढुंगाको सिसीमा करिब ४ हजार वर्ष पहिले प्रयोग गरिएको रातो सौन्दर्य सामग्री भेटिएको हो। अनुसन्धानकर्ताहरूले यसलाई लिपस्टिक भएको बताएका छन्।
सिसीको आकार ठ्याक्कै लिपस्टिक ट्युब जस्तो देखिन्छ। अनुसन्धान टोलीले नमूना लिएको उक्त सिसी जिरोफ्टको राष्ट्रिय पुरातत्व संग्रहालयमा राखिएको छ। त्यो लिपस्टिक कसले प्रयोग गरेको थियो भन्ने अहिलेसम्म खुल्न सकेको छैन।
शोधकर्ताहरूले संसारको सबैभन्दा पुरानो लिपस्टिक भएको बारे फेब्रुअरीमा साइन्टिफिक रिपोर्ट्स जर्नलमा लेख प्रकाशन गरेका थिए।
सीएनएनका अनुसार, परीक्षण गरिएको नमूनामा रातो रंग निर्माण गर्ने खालका खनिजहरू मिलाइएको पाइएको छ। यो रातो लिपस्टिकमा म्याग्नाइट र ब्राउनाइट पनि हुन्छ, जसको रंगलाई गाढा बनाउँछ। साथै तरकारी र अन्य जैविक सामग्रीबाट प्राप्त हुने मैन पदार्थ पनि प्रयोग गरिएको पाइएको अनुसन्धान रिपोर्टमा उल्लेख छ।
अनुसन्धानमा जुटेका इटालीको पडुआ विश्वविद्यालयको सांस्कृतिक सम्पदा विभागका पुरातत्वविद् मासिमो भिडेलका अनुसार यो अहिलेसम्म नै भेटिएको यति गाढा रातो सौन्दर्य सामग्री हो।
“यो पुरातन, रातो रङको कस्मेटिकको अध्ययन गर्नको लागि पहिलो उदाहरणहरू मध्ये एक हो,” उनले भने, “हामीले फेला पारेको गहिरो रातो रङ हामीले भेटेको पहिलो हो, जबकि धेरै हल्का रङको फाउन्डेसन र आँखाको छाया पहिले पहिचान गरिएको थियो।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
