प्रहरीका अनुसार लाइसेन्स नबोक्ने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने लगायतका कसुरमा चालक कारबाहीमा परेका हुन्।
काठमाडौँ– प्रहरीले काठमाडौँ उपत्यकामा आइतबार दिउँसो १२ बजेसम्म २४१ सवारीसाधनलाई होल्ड गर्दै चालकलाई कारबाही गरिएको छ।
काठमाडौँ उपत्यकामा आइतबार मध्यान्ह १२ बजेसम्म २४१ सवारी चालक कारबाहीमा परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी जीवनकुमार श्रेष्ठले बताए।
दुईपांग्रे २३३ र आठ वटा चारपांग्रे सवारीसाधन चालक कारबाहीमा परेका हुन्। एसएसपी श्रेष्ठका अनुसार लाइसेन्स नबोक्ने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने लगायतका कसुरमा चालक कारबाहीमा परेका हुन्।
काठमाडौँमा वसन्तपुर, दरबारमार्ग, सामाखुसी, ठमेललगायत विभिन्न ठाउँमा होलीका कार्यक्रमहरू आयोजना गरिएका छन्। यद्यपि, बिहान पातलिएका सडकमा सवारी बढ्न थालेको श्रेष्ठले बताए।
प्रहरीले होलीलाई लक्षित गर्दै काठमाडौँसहित देशभर विशेष सुरक्षा योजना लागू गरेको जनाएको छ। आइतबार विभिन्न ९० स्थानमा प्रहरी खटिएर नियमित सवारी चेकजाँच तथा ड्रोनबाट समेत निगरानी गरिने प्रहरीले जनाएको छ।
होलीमा अवाञ्छित गतिविधि नगर्न र जथाभाबी रङ नछ्याप्न प्रहरीको आग्रह छ। सभ्य तरिकाले होली खेल्न प्रहरीले आह्वान गरेको छ। आइतबार पहाड र हिमाली क्षेत्रमा होली मनाइएको छ। तराईमा भने पहाड र हिमाली क्षेत्रमा मनाइएको भोलिपल्ट मात्रै होली मनाउने चलन छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
