काठमाडौँ महानगरपालिकाले यही चैत २५ गतेदेखि ‘गरिब घरपरिबार पहिचान तथा परिचयपत्र वितरण’ कार्यक्रमका लागि तथ्यांक संकलन गर्ने भएको छ।
काठमाडौँ– काठमाडौँ महानगरपालिकाले यही चैत २५ गतेदेखि ‘गरिब घरपरिबार पहिचान तथा परिचयपत्र वितरण’ कार्यक्रमका लागि तथ्यांक संकलन गर्ने भएको छ। त्यस कार्यमा खटिने जनशक्तिका लागि महानगरले गणक र सुपरिवेक्षकको तालिमका लागि प्रशिक्षक प्रशिक्षण दिइसकेको जनाएको छ।
महानगरका सामाजिक विकास विभागका निमित्त प्रमुख विमला कोइरालाले भनिन्, “तालिमबाट प्रशिक्षक बन्नुभएका अधिकारीहरूले यही चैत २० गतेदेखि गणक र सुपरिवेक्षकलाई तालिम दिनुहुनेछ। यस कार्यमा खटिने गणक र सुपरिवेक्षकका रूपमा काम गर्ने जनशक्ति प्राप्त गर्न गत मंसिर १६ गते महानगरले सार्वजनिक सूचना प्रकाशन गरेको थियो।”
प्राप्त आवेदनबाट योग्यताका आधारमा गत माघ १४ गते उम्मेदवारहरूको प्रारम्भिक सूची प्रकाशन गरिएको थियो। गत माघ २१ गतेदेखि २४ गतेसम्म महानगरले लिएको अन्तरवार्ताबाट गत फागुन १७ गते योग्यताक्रमको अन्तिम नतिजा प्रकाशन भएको थियो। जसबाट २१ सुपरिवेक्षक र २०९ गणक छनोट भएका थिए।
महानगरका अनुसार आगामी असार मसान्तभित्र तथ्यांक संकलन गर्ने गरी काम अघि बढाइएको छ। तथ्यांक संकलनको थालनी २०७० सालमा २३ वटा जिल्लाबाट भएको हो। हरेक पाँच वर्षमा परिचयपत्र नवीकरण गराउनुपर्ने कानूनी व्यवस्था छ।
सरकारले प्रदान गर्दै आएको दीर्घ रोगको उपचारका लागि आर्थिक सहयोग, विभिन्न लक्षित वर्गको उपचारसहित राज्यबाट प्रदान गरिने विभिन्न किसिमका सेवा सुविधा पनि यही परिचय पत्रका आधारमा प्रदान हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
