बाजुराको छेडेदहतालमा डुंगा पल्टिँदा १ जना बेपत्ता

खप्तड छेडेदहगाउँपालिका–४ र ७ मा पर्ने छेडेहदतालमा डुंगा पल्टिँदा एक जना बेपत्ता भएका छन्। 

बाजुरा– खप्तड छेडेदहगाउँपालिका–४ र ७ मा पर्ने छेडेहदतालमा डुंगा पल्टिँदा एक जना बेपत्ता भएका छन्। 

खप्तड छेडेदह–७ लम्गाउँका अन्दाजी ३२ वर्षीय वीरेन्द्र रावत बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। 

तालमा अचानक डुंगा पल्टिँदा रावत बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराकाप्रहरी नायवनिरीक्षक सुरेश भण्डारीले जानकारी दिए।

डुंगामा सवार अन्य ६ जनाले पौडी खेलेर ज्यान बचाउन सफल भएको उनले बताए। बेपत्ता रावतको खोजी भइरहेको प्रहरीले जनाएको छ।