उदयपुरको त्रियुगा नगरपालिका– १४ धाप्लाङस्थित सुनकोशी नदीमा पौडी खेल्न गएका तीन बालबालिका डुबेर बेपत्ता भएका छन्।
काठमाडौँ– सुनकोशी नदीमा डुबेर तीन बालबालिका बेपत्ता भएका छन्। आइतबार दिउँसो उदयपुरको त्रियुगा नगरपालिका– १४ धाप्लाङस्थित नदीमा पौडी खेल्न गएका तीन जना बालबालिका डुबेर बेपत्ता भएका हुन्।
जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी रमेश थापाका अनुसार त्रियुगा नगरपालिका– १४ साउनेका १२ वर्षीय लोकबहादुर मगर, नौ वर्षीय रिदम मगर र १२ वर्षीया रेखा मगर बेपत्ता भएका हुन्।
उनीहरू दिनभर होली खेलेर नुहाउन धाप्लाङघाटमा पुगेको र पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ। उनीहरूसँग पौडी खेल्न गएका अन्य चार बालबालिकाको भने स्थानीयले उद्धार गरेका थिए।
बेपत्ता भएका बालबालिकाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। उनीहरूको खोजीका लागि सशस्त्र प्रहरीसहितको टोली परिचालित भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
