काभ्रे–२ बाट गोकुल बाँस्कोटा निर्वाचित

काभ्रेपलाञ्चोक–२ मा कांग्रेसका शिवप्रसाद हुमागाईंलाई पराजित गर्दै एमालेका गोकुल बाँस्कोटा विजयी भएका छन्।

काठमाडौँ– काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ मा एमालेका गोकुल बाँस्कोटा विजयी भएका छन्।

कांग्रेसका शिवप्रसाद हुमागाईंलाई छ हजार मतान्तरले पराजित गर्दै बाँस्कोटाले जित हासिल गरेका हुन्। बाँस्कोटाले ४५ हजार ३४५ मत प्राप्त गरे। प्रतिद्वन्द्वी हुमागाईंले ३९ हजार ४८२ मत ल्याए।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले १० हजार ५७३ मत प्राप्त गरे। बाँस्कोटा २०७४ सालमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए।