गुजरात टाइटनले मुम्बई इन्डियन्सलाई ६ रनले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल) प्रतियोगितामा विजयी शुरूआत गरेको छ।
काठमाडाैँ– गुजरात टाइटनले मुम्बई इन्डियन्सलाई ६ रनले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल) प्रतियोगितामा विजयी शुरूआत गरेको छ।
आइतबार राति सम्पन्न खेलमा गुजरातले मुम्बईलाई ६ रनले पराजित गरेको हो। गुजरातले दिएको १६९ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६२ रन मात्रै बनाउन सक्यो। मुम्बईका लागि डिवाल्ड ब्रेभिसले ३८ बलमा २ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ४६ रन बनाए। ओपनर रोहित शर्माले २९ बलमा ७ चौका र १ छक्काको सहयोगमा ४३ रन बनाए।
यसै खेलमा आईपीएल डेब्यु गरेका अज्मतुल्लाह उमरजाइले पहिलो ओभरमा नै मुम्बईका ओपनर इशान किशनलाई आउट गराएका थिए। दोस्रो विकेटका लागि शर्मा र नमन धिरले ३० रनको साझेदारी गरे। नमनले १९ बलमा ३ चौका र १ छक्काको सहयोगमा २० रन बनाए। तेस्रो विकेटका लागि शर्मा र ब्रेभिसले ७७ रनको साझेदारी गर्दै टोलीलाई बलियो स्थितिमा पुर्याए।
तीलक बर्माले १९ बलमा १ चौका र १ छक्काको सहयोगमा २५ रन बनाए। गुजरातका लागि उमेश यादव, मोहित शर्मा, स्पेसर जोनसन र अज्मतुल्लाह उमरजाइले समान २/२ तथा साई किशोरले १ विकेट लिए।
टस हारेर पहिले ब्याटिङ गरेको गुजरात टाइटन्सले मुम्बई इन्डियन्सविरुद्ध २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको थियो। गुजरातका लागि साई सुदर्शन र राहुल तेवाटियाले बलियो प्रदर्शन गरे। यस खेलमा सुदर्शनले तीन चौका र एक छक्काको मद्दतमा ४५ रन बनाए भने तेवाटियाले २२ रन बनाए। यस छोटो पारीमा उनले १५ बलको सामना गर्दै दुई चौका र एक छक्का प्रहार गरे।
ऋद्धिमान साह र शुभमन गिलबीच पहिलो विकेटका लागि ३१ रनको साझेदारी भएको थियो जसलाई घातक बलर जसप्रित बुमराहले तोडेका थिए। उनले चौथो ओभरको अन्तिम बलमा साहलाई बोल्ड गरे। ब्याट्सम्यान १ रन बनाएर प्याभिलियन फर्किए। टोलीलाई दोस्रो झट्का शुभमन गिलको रूपमा परेको थियो, जसलाई पियुष चावलाले आफ्नो शिकार बनाएका थिए। गिल र सुदर्शनबीच दोस्रो विकेटका लागि ३३ रनको साझेदारी भयो। कप्तानले तीन चौका र एक छक्काको मद्दतले ३१ रन बनाउन सफल भए।
राहुल तिवातियाले १५ बलमा २ चौका र १ छक्काको सहयोगमा २२ रन बनाए। ओपनर रिद्धिमान साहले १५ ओभरमा ४ चौकाको सहयोगमा १९ रन बनाए। अज्मतुल्लाह उमरजाईले ११ बलमा १ चौका र १ छक्काको सहयोगमा १७ रन बनाए।
मुम्बईका लागि जसप्रित बुमराहले ३ तथा जेरार्ड कोट्जेले २ विकेट लिए। पियुष चावलाले १ विकेट लिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
