अमेरिकी गुप्तचर प्रमुख बिल बर्न्स र उनका इजराइली समकक्षी डेभिड बर्नियाले गाजा युद्धविराम र बन्धक रिहाइ सम्झौताको वार्तापछि कतार छाडेका छन्।
गाजा क्षेत्रमा जारी युद्धमा इजराइली आक्रमणबाट हालसम्म ३२ हजार २२६ प्यालेस्टिनीको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा इजराइली सेनाबाट ८४ प्यालेस्टिनी मारिएको र अन्य १०४ जना घाइते भएका छन्। इजराइली सेनाको उक्त आक्रमणसँगै कूल मृत्यु हुनेको संख्या ३२ हजार २२६ पुगेको र ७४ हजार ५१८ जना घाइते भएको मन्त्रालयले विज्ञप्तिमा जनाएको छ।
स्थानीय घाइते र प्रत्यक्षदर्शीहरूका अनुसार इजराइली सेनाले पछिल्लो २४ घण्टामा गाजा क्षेत्रका विभिन्न स्थानमा हवाई र जमिन आक्रमण गरेको समाचार संस्था अलजजिराले जनाएको छ।
“मध्य गाजा क्षेत्रको देर अल–बालाह शहरमा एउटा घरलाई लक्षित गरी गरिएको आक्रमणमा आठ प्यालेस्टिनीको मृत्यु भएको छ र दर्जनौँ घाइते भएका छन्,” स्रोतले भनेको छ, “घाइतेहरूलाई सोही शहरको अल–अक्सा अस्पतालमा सारिएको छ, इजराइली तोपखानाले गाजा क्षेत्रको दक्षिणमा रहेको ‘खान युनिस शहरको’ दक्षिणपूर्वी क्षेत्रहरूमा पनि बमबारी गरेको छ र धेरै मानिस घाइते भएका छन्।”
शिफा कम्प्लेक्समा चलिरहेको लडाइँमा २१ वर्षीय सैनिकको मृत्यु भएको इजराइली सेनाले विज्ञप्तिमा जनाएको छ। गाजामा भूमिगत अपरेसनमा मर्ने इजराइली सैनिकको संख्या २५१ पुगेको छ।
युद्धविरामको सम्भावना के छ?
अमेरिकी गुप्तचर प्रमुख बिल बर्न्स र उनका इजराइली समकक्षी डेभिड बर्नियाले गाजा युद्धविराम र बन्धक रिहाइ सम्झौताको वार्तापछि शनिबार राति कतार छाडेका छन्।
“सीआईए र मोसाद प्रमुखहरू आफ्ना सम्बन्धित टोलीलाई पछिल्लो चरणको वार्ताका बारेमा जानकारी गराउन दोहाबाट प्रस्थान गर्नुभएको छ”, वार्ताको संवेदनशीलताका कारण नाम उल्लेख नगर्ने सर्तमा स्रोतले भनेको छ, “वार्ता बन्धक र कैदीहरूको आदान प्रदानको विवरण र अनुपातमा केन्द्रित थियो, प्राविधिक टोलीहरू दोहामै रहने छन्।”
अमेरिका, कतार र इजिप्टका मध्यस्थकर्ताहरू इजराइल र हमासबीच दोस्रो युद्धविराम सुनिश्चित गर्न र इजराइली कारागारमा रहेका प्यालेस्टिनी कैदीहरूको बदलामा हमासले कब्जामा लिएका बन्धकहरूलाई रिहा गर्ने प्रयासमा धेरै सातादेखि पर्दापछाडिको वार्तामा संलग्न छन्।
गत साता मुस्लिमहरूको पवित्र महिना रमजान शुरू हुनुअघि युद्धविराम सुनिश्चित गर्ने प्रयास असफल भएपछि पुनः वार्ता शुरू भएको एक सातापछि इजराइलले आफ्नो जासुसी एजेन्सी प्रमुखको एक सातामा दोस्रो भ्रमणका लागि दोहा फर्किने शुक्रबार बताएको थियो।
अक्टोबर ७ मा इजराइलमाथि आक्रमणका क्रममा हमासले करिब २५० इजराइली र विदेशी बन्धकलाई कब्जामा लिएको थियो तर नोभेम्बरमा एक साताको युद्धविराममा दर्जनौँलाई रिहा गरिएको थियो। नेपालका विपिन जोशी पनि हमासको नियन्त्रणमा भएको बताइएको छ। इजराइलका अनुसार गाजामा करिब १३० जना बन्धक रहेका छन्। तिनमा आठ सैनिक र २५ सर्वसाधारण गरी कूल ३३ जनाको मृत्यु भएको विश्वास गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
