१३० जनाभन्दा बढीको ज्यान जाने गरी भएको मस्को आक्रमणपछि मृत्युदण्डको प्रावधान फर्काउन रुसी राष्ट्रपति पुटिन समर्थकहरूले माग गरेका छन्।
मस्को आक्रमणमा संलग्न तीन जना अभियुक्तले अदालतमा अपराध स्वीकार गरेका छन्।
शुक्रबार मस्कस्थित एक कन्सर्ट हलमा १३० जनाभन्दा बढीको ज्यान जाने गरी भएको आक्रमणमा प्रहरीले चार जनालाई पक्राउ गरेको थियो। ३२ वर्षीय दलर्दजोन मिर्जोयेभ, ३० वर्षीय सैदाकरमी रिचाबलिजोदा, १९ वर्षीय मुखम्मदसोबिर फिजोब र २५ वर्षीय शम्सिदिन फरिदुनीलाई पक्राउ गरेको थियो। मस्कोको बास्मान्नी जिल्ला अदालतमा लिइएको बयानमा ती चार संदिग्धमध्ये तीन जनाले आइतबार अपराध स्वीकार गरेका हुन्।
मिर्जोएभ, रचाबालिजोडा र शम्सिदिन फरिदुनीले अपराध स्वीकार गरेका साउथ चाइना मर्निङ पोस्टले जनाएको छ। ती सबै जना ताजिकिस्तानका नागरिक भएको बताइएको छ।

आरोपीलाई प्रहरीले कुटपिट गरेको, उनीहरूको अनुहार सुन्निएको देखिन्छ। अर्का आरोपी फैजोभलाई ह्विलचेयरमा राखेर अस्पतालबाट सिधै अदालतमा ल्याइएको थियो। बेहोसीको अवस्थामा भएका कारण उनले भने केही बोलेका छैनन्।
आक्रमणकारीहरू भागेर युक्रेन जाने तयारीमा रहेको रुसी अधिकारीले बताएका छन्।
यो आक्रमणपछि मृत्युदण्डको प्रावधान फर्काउन रुसी राष्ट्रपति भ्लादिमिर पुटिन समर्थकहरूको माग गरेका छन्। रुसले सन् १९९० को दशकदेखि मृत्युदण्डको सजायमा रोक लगाएको थियो तर दुई दशकयता देशमा भएको सबैभन्दा घातक हमलापश्चात यो प्रावधानलाई हटाउन माग बढिरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
