संसदको राज्य व्यवस्था तथा सुशासन समितिले गृह मन्त्रालय सम्बद्ध विषयमा छलफल गर्न केही उच्च अधिकारीलाई बोलाउने भएको छ।
काठमाडाैँ– संसदको राज्य व्यवस्था तथा सुशासन समितिले गृह मन्त्रालय सम्बद्ध विषयमा छलफल गर्न केही उच्च अधिकारीलाई बोलाउने भएको छ।
गृहसँग सम्बद्ध केही विषयमा गम्भीर रूपमै छलफल गर्नुपर्ने भएकाले गृह सचिव, नेपाल प्रहरीका महानिरीक्षक र प्रहरीको केन्द्रीय अुनसन्धान ब्युरो (सीआईबी) प्रमुखलाई यही १४ गते समितिमा बोलाउन लागिएको सचिवालयले जानकारी दिएको छ।
राज्य व्यवस्था समितिका सदस्य रहीसकेका सांसद रवि लामिछाने अहिले गृह मन्त्रालयको नेतृत्वमा छन्। गृहमा उनकै विरुद्धमा कारबाहीको माग गर्दै केही निवेदनहरू परेका छन्। त्यसबाहेक सुशासनसँग सम्बन्धित केही ऐन संशोधन गर्न तयार भएका विधेयक पनि छलफल गरेर टुंगो लगाउनुपर्ने अवस्थामा रहेका सचिवालयले जनाएको छ।
संवैधानिक परिषद् ऐनमै संशोधन गर्ने भनेर छलफलकै चरणमा रहेको विधेयक सत्ता समीकरण फेरबदल भएपछि अड्किएको छ भने दलहरूको अडान अब के हुने भन्ने पनि अस्पष्ट रहेको बुझिएको छ।समितिका तीन सदस्य त वर्तमान सरकारमा उपप्रधानमन्त्री छन्। गृहमन्त्री लामिछाने, उपेन्द्र यादव र रघुबीर महासेठ उपप्रधानमन्त्री छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
