नेप्से परिसूचकसँगै घट्यो शेयर कारोबार रकम

नेप्से परिसूचक १७.०१ अंकले घटेर २०३१.५५ को विन्दुमा कायम भएको छ।

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ। नेप्से परिसूचक १७.०१ अंकले घटेर २०३१.५५ को विन्दुमा कायम भएको छ।

सोमबार ३७ कम्पनीका शेयर मूल्य बढेको छ भने २०४ कम्पनीको घटेको छ। ३ कम्पनीको शेयर मूल्य स्थिर रह्यो। सोमबार ३०४ कम्पनीका ७० लाख ६१ हजार १२ कित्ता शेयर ४४ हजार २३६ पटक खरिदबिक्री भए। जसबाट दुई अर्ब ४८ करोड ९१ लाख १८ हजार ४८५ रुपैयाँ बराबरको कारोबार भएको छ। गत साताको अन्तिम दिन बिहीबार चार अर्ब ३१ करोड रुपैयाँ कारोबार भएको थियो। 

होटल तथा पर्यटन समूह ०.४५, उत्पादन तथा प्रशोधन २.१९, म्युचुअल फन्ड ०.१९ र व्यापार समूह ०.३० प्रतिशतले बढेको छ। अरू सबै समूहको उपसूचक घटेको छ। बैंकिङ १.२२, विकास बैंक १.४९, वित्त ०.८५, जलविद्युत् १.१२ र लगानी समूह ०.३६ प्रतिशतले घटेको छ। 

त्यसैगरी, जीवन बीमा समूह ०.९६, उत्पादन २.२५, निर्जीवन बीमा ०.७७ र अन्य समूह ०.५४ प्रतिशतले घटेको छ।

बोटलर्स नेपाल (बालाजु) लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सर्वोत्तम सिमेन्ट लिमिटेडको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ। त्यसैगरी, किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा धेरै गुर्खाज फाइनान्स लिमिटेडको २८ करोड ९० लाख २५ हजार ८५६ रुपैयाँ बराबरको कारोबार भएको छ।