आयरल्यान्ड उल्भ्स टी२० शृंखलाको पहिलो खेलमा नेपाली टिमसँग ६ विकेटले पराजित भएको छ।
काठमाडौँ– आयरल्यान्ड उल्भ्स टी२० शृंखलाको पहिलो खेलमा नेपालसँग ६ विकेटले पराजित भएको छ। जितका लागि आयरल्यान्ड उल्भ्सले दिएको १२२ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा १६.१ ओभरमा पूरा गर्यो।
नेपालका लागि ओपनर बलर कुशल भुर्तेल ३७ रनमा अविजित रहे। उनले ३२ बल सामान गर्दै ४ चौका प्रहार गरे। सन्दीप जोराले ३६ बलमा ३५ रन बनाए। उनले ३ चौका र २ छक्का प्रहार गरे। दीपेन्द्रसिंह ऐरी १२ बलमा २० रन बनाउँदै अविजित रहे। त्यस्तै, आशिफ शेखले १६ रन जोडे।
बलिङतर्फ आयरल्यान्ड उल्भ्सका गरेथ डेलनी २ र बेन ह्वाइटले १ विकेट लिए।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्ड उल्भ्सले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२१ रन जोड्न सक्यो।
आयरल्यान्डका लागि स्टेफन डोहेनीले सर्वाधिक ४६ रन लिए। उनले ३९ बलको सामना गर्दै ४ चौका र २ छक्का प्रहार गरे। म्याथ्यु हम्फ्रिज र लियाम मकार्थीले समान १६/१६ रन जोडे। फिओन ह्यान्डले ११ रन जोड्नबाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।
नेपालका लागि ललित राजवंशी, गुलशन झा र कुशल भुर्तेलले समान २/२ विकेट लिए। करण केसी र कुशल मल्लको नाममा समान १/१ विकेट रह्यो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
